भोजपुरः आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनी धाकधम्की दिने भोजपुर रामप्रसादराई गाउँपालिका १ चामबोटे का ४६ वर्षीय सुजिल राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
शुक्रबार राति बजे घरयसी विवादको कारण आफ्नै श्रीमती ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाइते बनाइ घरमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाकधम्की दिएका थिए ।
घटनाको जानकारी पाएलगत्तै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटि गई घाइते जुनालाई उपचारको लागि स्थानिय मेडिकल ओख्रेमा पठाइएको थियो । घटनास्थलमा भरुवा बन्दुक फाली तत्कार फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुर पठाइएको हो ।
घटनस्थलबाट भरुवा बन्दुक, कोदालोसहित बरामद गरेको प्रहरीले थप अनुसन्धान गरिरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।