सुनसरीः सुनसरीको दुहबी–३ मा ट्रकको ठक्करबाट शनिबार एकजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक मोरङको सुन्दरहरैंचा–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
कोशी राजमार्गअन्तर्गत एनएल–२क्यू– १३४ नम्बरको ट्रकले को १०प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।