संखुवासभाः संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खाँदबारी–५ लेलुवाका २५ वर्षीय चालक मणि तामाङ रहेको प्रहरीले जनाएको छ । शनिबार संखुवासभामा संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर २ चेवामा प्रदेश १–०२–००३ त १२ २४ नम्बरको ट्याक्टर सडकबाट तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ज्यान गएको हो ।
सहचालक महेन्द्र तामाङको थप उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।