Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-धनकुटा सडक लेउती खोलाले बगायो

हाम्रो कोशी आवाज
कार्तिक २ २०७८, मंगलबार
धरान-धनकुटा सडक लेउती खोलाले बगायो

धरानः लगातारको वर्षाले धनकुटामा पनि बितण्डा मच्चाएको छ । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
लेउती खोलाको धार परिवर्तन हुँदा सडकमा बाढी पसेको थियो । बाढीले कटान गर्दै गएपछि सडक नै बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । अहिले पनि सडक सञ्चालनमा आउन सकेको छैन । खोला उर्लिएका कारण पुरै सडक अवरुद्ध बनेको उनले जानकारी दिए । दिउँसोदेखि नै सडक अवरुद्ध बनेपछि सयौं गाडी बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् । चाँडै सडक खुल्ने सम्भावना नरहेको उनले जानकारी दिए ।
यस्तै, ठाउँठाउँमा रुख ढलेर समेत बाटो अवरुद्ध बनेको र रुख भने स्थानीयले पन्छाइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend