दुर्घटनामा परेको कार र चालक दाहाल ।
धरानः सुनसरी बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित भित्री सडक खण्डमा कार आफै अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहाल रहेका छन् । बिहीबार बेलुका पौने ८ बजे कालाबञ्जर देखि चक्रघटीतर्फ आउँदै गरेको सो कार आफै अनियन्त्रित भई सडकको दाहिनेतर्फ पैनीमा पल्टी दुर्घटना हुँदा गम्भिर घाइते भएका दाहालको तत्काल स्थानीय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
घटनास्थलमा अस्थाई प्रहरी पोष्ट बाङगेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, सुनसरी कोशी गाउँपालिका ८ भाण्टाबारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा दमक नगरपालिका १ की २६ वर्षीया सासा लिम्बू रहेकी छन् । बिहीबार राति साढे ११ बजे पूर्वबाट पश्चिम जाँदै गरेको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाइते भएकी लिम्बूको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान सवा ३ बजे मृत्यु भएको छ ।
सो दर्घटनामा स्कुटी पछाडि सवार रहेकी झापा बुद्दशान्ति गाउँपालिका १ की २७ वर्षीया रेनु गुरुङ भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।