Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-८ बाट ब्राउनसुगरसहित समातिए

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७८, शुक्रबार
धरान-८ बाट ब्राउनसुगरसहित समातिए

धरानः झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ का ३५ वर्षीय विमल भुजेल र मोरङ कानेपोखरी गाउँपालिका ४ का २६ वर्षीय नारायण मगर रहेका छन् । यस्तै, झापा दमक नगरपालिका १९ का २६ वर्षीय खगेन्द्र नेपाली पनि पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्रामसहित पक्राउ गरेको हो भने सोही समयमा अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले भुजेल र मगरलाई धरान उपमहानगरपालिका ८ अटल पम्प कम्पाउन्डभित्रबाट ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend