Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अवैध सुन र नगदसहित समातिएका सार्वजनिक

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७८, शुक्रबार
धरानमा अवैध सुन र नगदसहित समातिएका सार्वजनिक

धरानः धरान–२ बाट स्रोत नखुलेको र बिल भरपाइबिनाको सुन र नगदसहित समातिएका दुईजना प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धरान–१५ सगरमाथा लाइनका ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।
बिहीबार दिनको साढे ३ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिल भरपाइबिनाको ५ वटा सुनको चुरा (२८५.३२० ग्राम) र नगद रु. १८ लाखसहित पक्राउ गरेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend