Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीन महिनामै ६२ हजार बढी सवारी साधन कारवाहीमा

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७८, शुक्रबार
तीन महिनामै ६२ हजार बढी सवारी साधन कारवाहीमा

विराटनगरः प्रहरीले आवको तीन महिनाको अवधिमा मात्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार १७१ वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ । कारवाहीमा ३ करोड ९८ लाख ५३ हजार राजश्व सङ्कलन भएको छ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ हजार ८ सय ९ मुद्धा दर्ता र ९ करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ ।
संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
आर्थिक वर्षको गत ३ महिनामा मात्र १ हजार ८ सय ९ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ८४५ जना फरार प्रतिवादी पक्राउ गरी ३८५ वर्ष कैद भुक्तान भई १ करोड ७४ लाख १२ हजार ७ सय २१ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
यसैगरी भन्सार चोरी निकासीतर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १८ जना मानिस पक्राउ गर्नुका साथै ३ करोड ६३ लाख ५७ हजार २५६ रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै, नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने २१ जना मानिस र ४०९ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै १२ लाख ५७ हजार ७५० राजश्व सङ्कलन भएको छ । यसैगरी अवैध काठ चोरी निकासी गर्ने २३ जना मानिस पक्राउ गर्नुका साथै ११०५ क्यू फिट काठ बरामद गरी २३ लाख ७२ हजार ३३५ राजश्व संकलन भएको छ ।
यसैगरी लागूऔषध नियन्त्रणतर्फ गाँजा १ सय ५७ किलो ३४५ ग्राम, चरेश ८ ग्राम २४० मिलिग्राम, ब्राउन सुगर ९ सय ४५ ग्राम ५१७ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सलु ६ हजार ४१७, मनोद्धिपक एम्पुल १ हजार ३०२ र मनोद्धिपक औषधीहरु २५४ क्याप्सुल नियन्त्रण गरिएको र ३०१ रोपनी क्षेत्रफलमा लगाएको ६० हजार ६३७ बोट गाँजा नष्ट गरिएको छ ।
यसरी यसै आर्थिक वर्षको ३ महिनामा मात्र कुल ९ करोड ७२ लाख ५३ हजार ६२ राजश्व संकलन भएको हो । अघिल्लो ३ आर्थिक वर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।

प्रकाशित मिति: कार्तिक ५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend