Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एक हजार घरधुरीले उपभोग गर्ने खानेपानीको पाइपलाइन तितरबितर

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७८, शुक्रबार
धरानमा एक हजार घरधुरीले उपभोग गर्ने खानेपानीको पाइपलाइन तितरबितर

धरानः मेयर तिलक राईको नेतृत्वमा धरान उपमहानगरपालिकाका प्राविधिकहरुसहितको टोलीले वेमौसमी वर्षा र बाढीले धरानमा पुरयाएको क्षतिको स्थलगत अनुगमन गरेको छ ।
शुक्रबार धरान वडा नं. १५ स्थित बगरकोटका करिब एक हजार घरधुरीले उपभोग गर्ने खानेपानी र वडा नं. ५ र ६ को सिमाना भएर बग्ने सेहेरा खोलाको स्थलगत अनुगमन गरेको हो ।
कार्तिक २ गते आएको बाढीले बगरकोटका करिब एक हजार घरधुरीले उपभोग गर्ने खानेपानीको पाइपलाइन तित्तरबित्तर बनाउँदा खानेपानी अवरुद्ध भएको छ । माथिल्लो बगरकोटबासीले सेउती खोलाको मुहानबाट खानेपानी उपभोग गर्दै आएका छन् ।
अनुगमनका क्रममा मेयर राईले खानेपानीको पाइपलाइन तत्काल विस्तार गरेर खानेपानीको समस्याको समाधान गरिने बताए । खानेपानीको मुहानलाई पनि घेराबार लगाएर संरक्षण गर्नुपर्नेमा मेयर राईले जोड दिए ।
यस्तै, कार्तिक २ गते नै वर्षासँगै आएको सेहेरा खोलाको बाढीले धरान–५ स्थित खैरेनीमा एक घर बगाउनुका साथै धान लगाएको खेत समेत कटान गरेको छ । उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठले सो स्थानमा करिब ५ सयदेखि ७ सय मिटर च्यानलिङ गरेर थप क्षति हुनबाट जोगाउने बताए । खोलाको बीचमा ढुंगा, गिटी थुप्रिएको छ । दुई, तीन दिनभित्रै सो क्षेत्रमा च्यानलिङको काम थालिने उनको भनाई छ ।

प्रकाशित मिति: कार्तिक ५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend