सुनसरीः सप्तकोशिमा हामफालेर एक पुरूष बेपत्ता बनेका छन् ।
शनिबार बिहान साढे ११ बजे हाम फालेर एक पुरूष बेपत्ता बनेको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ । को३६प ९२५५ नम्बरको मोटरसाइकल डिलमा राखेर कोशीमा हाम फालेका पुरूषको खोजी कार्य भइरहेको असई तारा चुँडालले जानकारी दिए ।
ब्यारेजको १३ नम्बर गेट नजिकै सो मोटरसाइकलमा आएका तिलकप्रसाद दाहाल नामको ती व्यक्तिले कोशीमा हाम फालेको आशंका प्रहरीले गरेको छ । नदीमा हामफालेका भनिएका ती ५८ वर्षीय पुरुष इटहरीको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल रोकेको स्थानमा मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । प्रहरीले परिवारलाई फोन गर्दै उनी कोशीमा हाम फालेका थिए । जानकारी पाएलगत्तै प्रहरी आएर हेर्दा चप्पल, पर्स र मोटरसाइकल भेटिएपछि खोजी कार्य तीब्र बनाइएको उनले जानकारी दिए ।