धनकुटाः धनकुटा चौबिसे गाउँपालिका ५ बज्रमाईका ७१ वर्षीय भुवनसिंह खड्कालाई खोलाले बगाई बेपत्ता बनाएको छ ।
आइतबार बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरीबिट मौनबुधुक, प्रहरी चौकी मूलघाटबाट प्रहरी टोली खटि गई स्थानीयबासीहरुको सहयोगमा खोजतलास भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
सो स्थान अस्थायी प्रहरी बिक मौनबुधुक धनकुटाबाट अन्दाजी १७ किलोमिटर उत्तर रहेको छ ।