Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चार जुवाडे समातिए

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७८, आइतबार
चार जुवाडे समातिए

बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका ९ स्थित जीतेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगदसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय अग्नी राई, ४० वर्षीय लालबहादुर लिम्बू, ४५ वर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिकाका ३७ वर्षीय सुरेश लिम्बू रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा ३ बुङ तास, नगद रु. १ लाख ७३ हजार ५ सयसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चारैजनाउपर कानुनबमोजिम कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend