Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७८, आइतबार
मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

विराटनगरः मोरङको लेटाङ नगरपालिका–९ मा आइतबार बिहान मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ ।
आइतबार बिहान साढे ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे८प १९२६ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी स्थानीय ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिँदा घाइते भएकी ढकालको उपचारको क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend