Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ठगीको आरोपमा एकजना समातिए

हाम्रो कोशी आवाज
कार्तिक ७ २०७८, आइतबार
ठगीको आरोपमा एकजना समातिए

सुनसरीः झापाको दमक नगरपालिका–१६ घर भई हाल इटहरी उपमहानगरपालिका–८ मा बसोबास गर्ने ४३ वर्षीय भक्तबहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
राईले इटहरी-६ की ६१ वर्षीया एकल महिलालाई श्रीमानको नाममा रहेको करिब दुई करोड ३६ लाख अन्ठानब्बे हजार रुपैयाँ बराबरको घरजग्गा पास गराइदिन्छू भनी अकैं ब्यक्तिको नाममा पास गराइ रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले राईलाई पक्राउ गरेको उनले जानकारी दिए ।
पक्राउ परेका राईलाई ठगी मुद्दाअन्तर्गत कारवाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend