धनकुटाः धनकुटा चौबिसे गाउँपालिका ५ बज्रमाईका ७१ वर्षीय भुवनसिंह खड्का मृत फेला परेका छन् ।
आइतबार बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई बेपत्ता भएका उनी मृत फेला परेका हुन् ।
अस्थायी प्रहरी बिट मौनबुधुक र प्रहरीचौकी मूलघाटबाट प्रहरी टोली खटी स्थानीयबासीहरुको सहयोगमा खोजतलास गर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।