पाँचथरः पाँचथरमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घाइतेमध्ये दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर उपचारका लागि अस्पताल ल्याइएको दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत भने भएको छैन । घाइतेमध्ये अन्य केही यात्रुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् । घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।
फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस सडकबाट झरेर दुर्घटना भएको थियो । अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।
पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये १० यात्रुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि झापा पठाउने तयारी भइरहेको छ । दशैंमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।
कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए। दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।