Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अपडेटः बस दुर्घटनामा चारजनाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक ८ २०७८, सोमबार
अपडेटः बस दुर्घटनामा चारजनाको मृत्यु

पाँचथरः पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने बसका चालकसहित ६१ जना घाइते भएका छन् ।
यासोकबाट फिदिमतर्फ आउँदै गरेको को१ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना हुँदा बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ वर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, इलाम बस्ने ३४ वर्षीया प्रमिला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एकजना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी धनबहादुर थापाले जानकारी दिए ।
सो दुर्घटनाबाट गम्भीर घाइते भएका ११ जनालाई थप उपचारको लागि झापातर्फ पठाएको तथा अन्य घाइतेहरुको फिदिमका विभिन्न अस्पतालमा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend