Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

श्रीमती र छोरीलाई टोकेर हत्या

हाम्रो कोशी आवाज
कार्तिक ९ २०७८, मंगलबार
श्रीमती र छोरीलाई टोकेर हत्या

इलामः इलाम देउमाई नगरपालिका ५ बारुङका ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो । जोखाना हेर्ने क्रममा तामाङले श्रीमती र छोरीलाई टोकेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए। ‘रोग निको पार्ने भन्दै पहिला श्रीमतीलाई जथाभावी टोकेपछि मृत्यु भएको देखिन्छ‚’ श्रेष्ठले भने ‘पछि छोरीलाई समेत गरेपछि उनको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’
घटनाको जानकारी पाएलगतै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक ९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend