तेह्रथुमः तेह्रथुम म्यान्छयायेम गाउँपालिका २ पौठाकका ३० वर्षीय नेत्रबहादुर लिम्बूको अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।
मंगलबार बिहानको राति पौने ३ बजे उनको घरदेखि १ किमि पूर्वमा रहेको उतिसको रुखमा अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मोराहाङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
