Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाँचजना जुवाडे समातिए

हाम्रो कोशी आवाज
कार्तिक ९ २०७८, मंगलबार
पाँचजना जुवाडे समातिए

खोटाङः खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौकस्थित हरि जोशीको घरबाट तास, नगदसहित ५ जना जुवाडे पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका ५ का २७ वर्षीय हिराधन राई, साकेला गाउँपालिका २ का २२ वर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ वर्षीय वसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ वर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ वर्षीय खोमबहादुर मगर रहेका छन् ।
मंगलबार बिहानको राति १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास, नगद रु. ७१ हजार २० रुपैयाँसहित पक्राउ गरिएको हो । पक्राउ परेका पाँचैजनालाई कानुन बमोजिम कारवाही तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक ९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend