Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१० लाख बढी ठगीको आरोपमा समातिए

हाम्रो कोशी आवाज
कार्तिक ९ २०७८, मंगलबार
१० लाख बढी ठगीको आरोपमा समातिए

धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बजारमा एग्रिकल्चर फर्म सञ्चालन गरेर कृषक, व्यापारीलाई १० लाख बढी रुपैयाँ ठगेर फरार एकजनालाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौ बुढानिलकण्ठ-२ बस्ने वर्ष ४३ को दीपक कुमार खडका रहेका छन् । उनले ‘बगैंचा नेपाल एग्रीकल्चर प्रालि’ नामक संस्था सञ्चालन गरी सो क्षेत्रका कृषकहरु, व्यापारीहरु ठगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
उनले भोजपुर जिल्लाबाट व्यापारीहरुले दशैंका लागि बिक्री गर्न ल्याएका २८ वटा खसीबोका समेत गरी (२९ जना व्यापारीहरुबाट) १० लाख ९८ हजार ९ सय ९७ बरावरको ठगी गरेको गुनासो आएपछि पक्राउ गरिएको जानकारी दिए । उनी ठगेर फरार रहेको र खोजतलास गरी पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडितको निवेदनहरुको आधारमा उनलाई बराहक्षेत्र एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि ठगीसम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्याद लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको एसपी थापाले जानकारी दिए ।
प्रहरीका अनुसार ठगीमा परेकाहरु
सुनसरी बराहक्षेत्र–६ का बिरबहादुर राईको घरभाडामा बस्ने तुलसी काफ्लेको रु ८,००० (घरभाडा), यज्ञ श्रेष्ठको रु २०,०००।– (घरभाडा), सञ्जय दहालको रु १०,०००।–(घरभाडा), बराह फ्रुट प्रोडक्सको ६३,०२५।– संगीता बेकरीको २५०००।–, महेश हार्डवेयरको रु ५००००।–, ठाकुरवारी फर्निचरको रु २५००।–, दाहाल खाजा घरको रु १०,०००।–, मामा होटलको रु १०,०००।–, शुभलक्ष्मी सप्लायर्सको रु ८८,०००।–, एच.एस. होम डेकोरको रु ६५०००।–, हितेश सु–सेन्टरको रु १०,०००।–, ब्रदर्श कम्प्युटर सेन्टरको रु १५,०००।–, फिफा पुस्तक पसलको रु ११,४७२।–, हिरा मोटर ग्यारेजको रु ७,०००।–, खसी-बोकाको –रु ५२९,५००।– आदि ।

प्रकाशित मिति: कार्तिक ९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend