मोरङः विराटनगर–१४ जतुवा चोकबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेममा मोरङ पथरी नगरपालिका ९ का १९ वर्षीय आशिष महतो रहेका छन् । प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाइजाल्याब १७ एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारे चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ वर्षीय युरास इवा लिम्बू, पाँचथर याङवरक गाउँपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ वर्षीय उमेश विक र इलाम कोल्बुङ गाउँपालिका २ कुटिडाँडाका २३ वर्षीय सुलभ गुरुङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलिग्राम र गाँजा ११ ग्राम ५० मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनाउपर इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको छ ।