Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१८ मा सडक छेऊमा व्यवसाय गर्ने ४० व्यवसायीलाई तालिम

हाम्रो कोशी आवाज
कार्तिक १३ २०७८, शनिबार
धरान-१८ मा सडक छेऊमा व्यवसाय गर्ने ४० व्यवसायीलाई तालिम

धरानः धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छतासम्बन्धी अभिवृद्धि तालिम दिइएको छ ।
खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान उपमहानगरपालिका र सोही वडाको सहआयोजनामा उनीहरुलाई दुईदिने खाद्य स्वच्छता अभिवृद्धि तालिम दिइएको हो ।
वडा नं. १८ को वडा कार्यालयमा आयोजित खाद्य स्वच्छतासम्बन्धी अभिवृद्धि तालिममा ४० जना स्ट्रिड फुड व्यवसायीहरु सहभागी भएको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
शुक्रबारबाट शुरु भएको अभिवृद्धि तालिम आज समापन हुनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीका प्रमुख काशिनाथ घिमिरे, तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजन कुमार रिजाल र खाद्य अधिकृत निरज कट्वालले सहजीकरण गरेका छन् । तालिममा सहभागी भएका व्यवसायीहरुलाई शनिबार तालिमसम्बन्धी पुस्तक, मास्क, ग्लोब्स र प्रमाण पत्र वितरण गरिएको अधिकृत सापकोटाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि यही वडामा भएको बताउँदै बिरामी र बिरामी कुरुवाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ खाद्यवस्तु विक्री वितरण गर्न आग्रह गरे । मेयर राईले सडक छेउछाउमा बिक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता गुणस्तर गर्नु नै यो कार्यक्रमको उद्देश्य रहेको बताए । मेयर राईले भने, ‘व्यवसायीहरुलाई मर्यादित, विश्वासिलो बनाउन तालिम आयोजना गरिएको हो ।’ कार्यक्रममा सम्बोधन गर्दै उपमेयर मञ्जु भण्डारीले पनि सडक छेउछाउ खाद्यपदार्थ बिक्री वितरण गर्दा गुणस्तरीय खानेकुरा बिक्री वितरण गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: कार्तिक १३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend