Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चाडपर्वमा ग्याँस र डिजेलको मूल्य बढाएर गल्तीः सिंह

हाम्रो कोशी आवाज
कार्तिक १३ २०७८, शनिबार
चाडपर्वमा ग्याँस र डिजेलको मूल्य बढाएर गल्तीः सिंह

धरानः नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले चाडपर्वमा ग्याँस र डिजेलको मूल्य बढाएर सरकारले गल्ती गरेको बताएका छन् ।
नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा बौल्दै नेता सिंहले त्यस्तो बताएका हुन् ।
उनले जनतालाई राहत दिने ठाउँमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको टिप्पणी गरे । उनले आफूले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता सिंहले मूल्यवृद्धि तत्काल फिर्ता ल्याउन माग समेत गरे ।
नेता सिहले १३ औं महाधिवेशन पछि नेतृत्व पाएर जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए । पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पूरा गर्न नसक्ने नेतालाई पुन जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने उनको भनाइ छ ।
नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समधान गर्नु पर्ने बताए । न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्तिको स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको धारणा राखे ।

प्रकाशित मिति: कार्तिक १३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend