Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘नेपाली सेनामा जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने युवक पक्राउ

हाम्रो कोशी आवाज
कार्तिक १३ २०७८, शनिबार
‘नेपाली सेनामा जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने युवक पक्राउ

ताप्लेजुङ: नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ ।
लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका-४ साँवाका पेम्बा शेर्पासँग २० हजार रुपैयाँ लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।
लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend