Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पास गराइदिने बहानामा छात्रामाथि यौनशोषण !

हाम्रो कोशी आवाज
कार्तिक १३ २०७८, शनिबार
पास गराइदिने बहानामा छात्रामाथि यौनशोषण !

बिर्तामोडः झापामा एक शिक्षकले आफ्नै छात्रालाई ललाइफकाइ गरेर यौन दुव्र्यवहार गरेको खुलेको छ ।
चारमहिना र एक महिनाअघि गरी दुईपटक छात्रामाथि ती विद्यार्थीकै शिक्षकले यौन शोषण गरेको भन्दै विद्यार्थीका परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका छन् । प्रहरीमा उजुरी परेपछि पूर्व शिक्षक अर्जुनधारा-६ का जितेन बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार पक्राउ परेका पूर्व शिक्षकमाथि अनुसन्धान थालिएको छ । उनी यही असोजसम्म सोही विद्यालयमा कार्यरत थिए ।
निजी विद्यालयमा अध्ययन गरिरहेकी ती छात्रालाई बस्नेतले यौनशोषण गरेको ती विद्यार्थीको परिवारको आरोप छ । परीक्षामा सहयोग गर्ने भन्दै बस्नेतले बिर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको भन्दै परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका हुन् ।
घटनामा संलग्न ती शिक्षकले फेसबुक म्यासेन्जरमा पठाएको भिडियो किशोरीका अभिभावकले घरमा देखेपछि यस्तो रहस्य बाहिरिएको हो । अभिभावकले दिएको जाहेरीमा अभियुक्त बस्नेत विद्यालयमा कार्यरत् रहेको बेला छोरीमाथि परीक्षामा चिट चोराएर पास गर्न सहयोग गर्ने प्रलोभन देखाइ यौन दुव्र्यवहार गरेको आरोप छ ।
अनुसन्धानको क्रममा ति शिक्षक र छात्राबीच लामो समयदेखि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा कुराकानी हुँदै आएको पाइएको छ । उनीहरुबीचको गोय कुराकानीबारे अनभिज्ञ रहेका अभिभावकले छोरीको मोबाइलमा अश्लील म्यासेजहरु देखेपछि उजुरी प्रक्रिया अगाडि बढाएको जनाइएको छ । ती किशोरीको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । अभियुक्त भने इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा छन् ।

प्रकाशित मिति: कार्तिक १३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend