Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किराया सुनसरीको ९ औं अधिवेशन मंसिरमा

हाम्रो कोशी आवाज
कार्तिक १३ २०७८, शनिबार
किराया सुनसरीको ९ औं अधिवेशन मंसिरमा

धरानः किरात राई यायोक्खा जिल्ला कार्यसमितिको नवौं अधिवेशन आगामी मङ्सिरमा गर्ने निर्णय भएको छ ।
शनिबार बसेको १७ औं बैठकले किरात राई यायोक्खा जिल्ला कार्यसमितिको कार्यालय धरान–१० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा मङ्सिर २४ र २५ गते ९ औं जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको हो ।
किरात राई यायोक्खाको पूर्व केन्द्रीय अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो मेयर कोषबाट किराया सुनसरीको कार्यालय व्यवस्थापनका लागि १ लाख ५० हजार बराबरको मल्टिमिडिया, मिक्सर, साउण्ड सिस्टम हस्तान्तरण गरे । किरात राई यायोक्खाको १७ औं पूर्ण बैठकमा किराया सुनसरीलाई सो मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको किराया सुनसरीका सचिव राजेन्द्र राईले जानकारी दिए ।
यस्तै, बैठकमा १२ औं राष्ट्रिय जनगणनामा जातजातिको महलमा राई, पुर्खाको भाषामा आ–आफ्नो थरगत भाषा (जस्तैः दुमि, बान्तवा, चाम्लिङ वाम्बुले, तिलुङ, खालिङ, बायुङ, बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, कोयू–कोयी, साम्पाङ, थुलुङ, पुमा, दुङमाली, आठपहरिया, छिन्ताङ, छिलिङ,छुलुङ, फाङ्दुवाली, मुगा–मुगाली, याम्फु, लोहोरुङ, बेल्हारे, मेवाहाङ, लुङ्खिम, लिङ्खिम, देवास, नेवाहाङ, मध्ये कुनै एक लेख्ने, लेखाऔं), मातृभाषामा आ–आफ्नो थरगत भाषा लेख्ने, लेखाऔं, दोस्रो भाषामा नजिकको राई जातिको थरगत भाषा मध्येको कुनै एक भाषा लेख्ने र धर्मको महलमा किरात लेख्ने, लेखाउन मातहतका कार्यसमितिहरु, भाषिक, भातृ संस्थाहरुलाई परिचालन गर्ने र गराउने निर्णय गरिएको छ ।
किराया सुनसरीका अध्यक्ष बलराम राईले १७ औं पूर्ण बैठकमा सम्पूर्ण किरात राईहरुलाई १२ औं राष्ट्रिय जनगणनामा आफ्नो जातजातिको महलमा राई, पुर्खाको भाषामा आफ्नो मातृभाषा, मातृभाषामा कुनै थरगत किरात राईहरुको एक भाषा र धर्मको महलमा किरात लेख्न आग्रह गर्दै ९ वटा प्रस्तावमाथि निर्णय गरी १७ औं पूर्ण बैठक समापन गरिएको किराया सुनसरीका सचिव राजेन्द्र राईले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक १३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend