Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक १४ २०७८, आइतबार
दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगरः लहरीको ठक्करबाट स्कुटी चालकको मृत्यु छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा लहरीको ठक्करले सुन्दरहरैंचा-४ का ४५ वर्षीय श्यामकुमार लिङ्खाको मृत्यु भएको प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
शनिबार साँझ करिब ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ गइरहेको बिआर ५० जिए ०३०६ नं को मालवाहक लहरीले पश्चिमबाट पूर्व आउँदै गरेको को ३६ प २१७२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । गम्भीर घाइते भएका लिङ्खाको धरानस्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको थियो । ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका ११ सालबारीस्थित चारआली शनिश्चरे सडक खण्डमा कालीखोलाको कल्भटमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका १८ वर्षीय कुसल दास रहेका छन् । राति साढे ९ बजे पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भटमा ठोक्किएर खोलामा झरी दुर्घटना भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटी गई पानीमा डुबेर बेहोस भएका दासलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पुरयाउन साथ उनको मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend