Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभामा पहिलोपटक लिम्बू भाषा शिक्षण शुरु

हाम्रो कोशी आवाज
कार्तिक १४ २०७८, आइतबार
संखुवासभामा पहिलोपटक लिम्बू भाषा शिक्षण शुरु

धरानः संखुवासभा, संखुवासभा जिल्लाका विद्यालय तहमा मातृभाषा शिक्षा दिने नीतिअनुसार जिल्लामा पहिलोपटक लिम्बू भाषा शिक्षण प्रारम्भ भएको छ ।
सभापोखरी गाउँपालिका वडा नं. ५ को अति दुर्गम स्थानमा रहेको श्री प्रकाश आधारभूत विद्यालय फाकुवामा, गाउँपालिकाको अनुदान स्रोतअन्तर्गतको प्राथमिक तहमा लिम्बू भाषा शिक्षक नियुक्ति गरिएको छ ।
स्थानीय तहमा मातृभाषामा शिक्षा दिन सभापोखरी गाउँपालिकाको कार्यनीतिअनुसार लिम्बू भाषा शिक्षणका लागि शिक्षक नियुक्ति गरिएको किरात याक्थुङ चुम्लुङ सभापोखरी गाउँपालिकाका अध्यक्ष मदन सेरेङ मादेनले बताए ।
सो शिक्षक नियुक्तिको लागि श्री त्रिवेणी माध्यमिक विद्यालय बाह्रविसे स्रोतकेन्द्रमा परिक्षा संचालनमा धनकुटा साँगुरीगढी गाउँपालिका –२ धनकुटाका प्रभात तुम्बापो लिम्बू उत्तीर्ण भई नियुक्ति भएको विद्यालय प्रधानाध्यापक वीरेन्द्र महतो र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अभिषेक लिम्बूको हस्ताक्षरिता परीक्षा नतिजा तालिकामा उल्लेख गरेको छ । सो परीक्षा संचालन लिम्बू भाषा एवं लिपी प्रशिक्षक स्वर्णिमहाङ फोम्बो (लिम्बू) ले सहजीकरण गरेका थिए ।
लिम्बू भाषा शिक्षणको लागि कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम र पाठ्यपुस्तक किरात याक्थुङ चुम्लुङको सहयोगमा पाठ्यक्रम विकास केन्द्रबाट तयार भई विद्यालयहरुमा लिम्बू भाषा शिक्षण भइरहेको कियाचु केन्द्रीय सदस्य उतमकुमार लिङ्थेपले वताए ।
यस्तै सोही दिन श्री त्रिवेणी माध्यमिक विद्यालय बाह्रविसेमा कक्षा ११ र १२ मा अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई लिम्बू भाषा शिक्षण तथा सिरिजङ्गा लिपी लेखनसम्बन्धी जानकारी दिन आयोजित कार्यक्रम प्रशिक्षक फोम्बाले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: कार्तिक १४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend