Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आलुले कृषक उत्साहित

हाम्रो कोशी आवाज
कार्तिक १५ २०७८, सोमबार
आलुले कृषक उत्साहित

ताप्लेजुङ: फक्ताङलुङ गाउँपालिका-७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन वृद्धि भएको छ । गत वर्ष निराश भएका कृषक यसयाममा उत्पादनमा सुधार आएसँगै उनीहरु उत्साहित भएका हुन् ।
फक्ताङलुङ-६ का पेमा शेर्पाले एकमुरी मुरी आलु गत असारमा रोपेकी थिइन् उनले भनिन्,  ‘सातमुरी भन्दा वढी उत्पादन भयो ।’ सोही गाउँका उटुक र टाँसी शेर्पाले पनि गतवर्षको भन्दा दोब्बर आलु उत्पादन भएको जानकारी दिइन् ।
हिमाली क्षेत्र भएकाले याङ र घुन्सामा अन्य खेतीपाती हुँदैनन् । आलु भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो ।
ती क्षेत्रमा उत्पादन भएको आलु अगामी मङ्सिरको तेस्रो सातादेखि याकमार्फत ढुवानी गरेर चेनेसम्म पुर्याउने गर्दछन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषक तयारी हुन्छन् । आलु बीउका लागि तल्लो क्षेत्रका समुदायले कोदो, मकैलागयतका अन्न बोकेर दुई/चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रका आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन् । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।
गत वर्ष ती क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङमाका ठावा शेर्पाले जानकारी दिए । विगत वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । आलु उत्पादनमा सुधार आएसँगै आलु कृर्षकमा आशा पलाएको स्थनीयवासी भनाइ छ । यी क्षेत्रमा कति आलु उत्पादन हुन्छ भनेर तथ्याक सङ्कलन नभएको फक्ताङलुङका कृषि शाखाका प्रविधिक सहायक ओमप्रकाश शर्माले जानकारी दिए।

प्रकाशित मिति: कार्तिक १५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend