साङ्केतिक तस्वीर
तेह्रथुमः तेह्रथुमको फेदाप गाउँपालिकामा ट्रक खस्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक काभ्रे नमोबुध नगरपालिका बस्ने वर्ष २७ को रोहित अधिकारी रहेका छन् । औंसीडाँडाबाट म्याङलुङ बजारतर्फ आउदै गरेको बाग्मती प्रदेश–०१–००६ख २७७० नम्बरको खाली ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।
गम्भीर घाइते बनेका चालक अधिकारीलाई जिल्ला अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए । सहचालक काठमाडौ उपमहानगरपालिका बल्खु १४ बस्ने वर्ष २४ को सुदिप राई सामान्य घाइते भएको १ नम्बर प्रदेश ट्रापिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।