धरानः प्रहरीले जुवा खेलिरहेका १५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–८ बस्ने बहादुर खड्काको घरमा कौडा (जुवा) खेल खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा बराहक्षेत्र–६ बस्ने वर्ष ४६ को अगम तामाङ, बराहक्षेत्र–८ बस्ने वर्ष ४१ को वसन्त राई, सोही स्थानका वर्ष ६८ को मदन घिमिरे, वर्ष ४२ को विनोद रौनियार, वर्ष २८ को सञ्जु श्रेष्ठ, वर्ष ४६ को भुवनप्रसाद धमला, वर्ष ३१ को प्रमोद साह हलुवाई, वर्ष ३४ को प्रदीप साह हलुवाई, विजयकुमार साह, वर्ष४० को जयनरायण मण्डल, वर्ष ६९ को खेमराज गौतम, बराहक्षेत्र–७ बस्ने वर्ष ६० को मुकुन्द अधिकारी, वर्ष ३८ को सञ्जय साह, वर्ष ४८ को केशव दाहाल र वर्ष ५४ को टेकेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटी गई चेकजाँच गर्ने क्रममा १५ जना मानिसहरुलाई कौडा खेलिरहेको अवस्थामा कौडासहित खालबाट नगद २ लाख ८२ हजार ५५ रुपैयाँसहित पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जिल्ला प्रशासन कार्यालय सुनसरीबाट दिन तीनदिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
