Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवालाई बिनाधितो ऋण दिँदै आएका युवाले लक्ष्मीपूजाका दिन सरसफाइ

हाम्रो कोशी आवाज
कार्तिक १८ २०७८, बिहिबार
युवालाई बिनाधितो ऋण दिँदै आएका युवाले लक्ष्मीपूजाका दिन सरसफाइ

बराहक्षेत्रः बराहक्षेत्र–७ मा रहेको उद्यमी क्लबले लक्ष्मी पूजाको अवसरमा श्री वसन्तऋतु माविको बाहिरको क्षेत्र सरसफाइ गरेको छ ।
सरसफाइमा क्लबका अध्यक्ष विष्णु घिमिरे, सदस्य मनिष भट्टराई, वसन्तऋतु माविका शिक्षक सुमन विकललगायत १५ जना युवाहरुको सक्रिय सहभागीता रहेको थियो ।
क्लबले आगामी दिनमा पनि यस्तै कार्य साथै उद्यम सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने क्लबका अध्यक्ष घिमिरेले बताए । यस प्रकारको कार्यबाट समाजमा रहेका युवाहरुमा सामाजिक गुणको विकास हुने देखिन्छ । स्थापनाको छोटो समयमा क्लबले वृक्षारोपण कार्यक्रम, तीज विशेष कार्यक्रम साथै युवाहरुलाई बिनाधितो ऋण, मासिक बचतलगायतका कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।

प्रकाशित मिति: कार्तिक १८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend