नेपाल संवत्हरुमा पनि धनी अर्थात् विविधता भएको देश हो । जस्तै कलिगत संवत्, किरात संवत्, नेपाल संवत्, मानदेव संवत, अंशु बर्मा संवत्, मिथिला संवत्, लिच्छवी संवत्, विक्रम संवत्, शक संवत्, गुरुङ, तामाङ, शेर्पा, ह्रयोल्मोलगायत हिमाली क्षेत्रका जातजातिहरुको (ल्होसार) संवत्, थकालीहरुको (ल्हो फेवा) मगर, थारु समुदायको माघी (माघ १ गतेखि मगर थारु समुदायमा नयाँ वर्ष सुरु हुन्छ ।) संवत्, विदेशीहरुकै भए पनि इस्वी संवत् आदिलाई समेत हेर्दा नेपालमा डेढ दर्जनभन्दा बढी संवत्हरु अस्तित्वमा छन्, भलै ती राज्यको दृष्टिमा नपर्नु, मूलधारका भनिएका मिडिया, ती मिडियामा कार्यरत पत्रकार, बुद्धिजीवी, लेखक, खोजकर्ता, विश्लेषक, अनुसन्धानकर्ता, इतिहासकार, विषय विज्ञ, प्राज्ञ, विद आदिको नजरमा नपर्नु वा उनीहरुले चर्चा परिचर्चा नगरी दिनु अर्कै कुरो हो ।
त्यसको एक उदाहरण हो ‘नेपाल संवत् ।’ अझै पनि नेपालका कतिपय अनुदारवादी धारका मिडिया र ती मिडियामा कार्यरत पत्रकार, बुद्धिजीवी, लेखक, खोजकर्ता, विश्लेषक, प्राज्ञ, विद, कार, अनुसन्धानकर्ता, इतिहासकार आदिको फुर्को झुन्ड्एकाहरुले मन खोलेर नेपाल संवत् र यसको चलनचल्तीबारे केही थाहा नभएझै गर्छन् । त्यस्तै नेपाल संवत् बारे उनीहरुले लेख पनि लेखहरु लेख्दैनन, नेपाल संवत् बारे लेख्ने केही लेखकहरुले पनि यसको प्रामाण्ढिाकता र आधिकारिकता बारे प्रश्न गर्छन् । मानौं क, नेपाल संवतको अस्तित्व नै थिएन ? यसरी हेर्दा उनीहरुले जसरी पनि संवत् बारे अझै पनि नकारात्मक ढंंगले टिप्पणी गर्छन । केहीले त नेपाल संवतलाई व्यवहारिक रुपमा मान्न नसक्नुमा एकै तिथि दुई दिन रहनु र, दुई दिन एकै तिथि रहनु, नेपाल संवत् गतेको आधारमा नभएर तिथिको आधारमा चल्नु आदिलाई नेपाल संवत्लाई व्यवहारिक रुपमा आम मानिसमा प्रचलनमा ल्याउन नसकिने बताउँने गर्छन् । त्यसैले गर्दा उनीहरुका लागि नेपालसँग साईनो न सम्बन्धको विक्रम संवत् बढी नै प्यारो लाग्छ । आखिर किन ? किनकि यसमा जातीयता, भाषिक, वंश, परम्परा, रगतको नाता, पूर्खाहरु एकै पो हो कि ? भन्ने भावनात्मक सम्बन्ध पनि गाँसिएको छ कि ? भन्ने, मेरो अनुमान रहेको छ । यो मेरो अनुमान मात्रै हो, इतिहास, अध्ययन र अनुसन्धान आदिले प्रमाणित गरेको कुरो भने होइन है, पाठक महानुभावहरु ….?!
जे होस्, गत यही कात्तिक १९ गते सुरु भएको नेपाल संवत् ११४२ त्यो बेलाका लिच्छवी राजा राघवदेवको पालामा उनको दरबारमा रहेका राजज्योतिषी सिद्घिवन्तले कुनै विशेष साइतमा भचाकुसी र लँखु तीर्थ (हालको टेकु दोभान) को बालुवा झिक्दा सुन हुने (सुन मिसिएको !) सल्लाह दरबारलाई जानकारी दिएको थाहा पाएपछि भक्तपुरका तत्कालीन महाजन अर्थात् साहू शंखधर साख्वा (साखः) ले दरवबारका कर्मचारीभन्दा पहिले नै आपूm भरियासहित गएर उक्त ठाउंँको बालुवा उठाएर लगेको भन्ने र किम्वदन्ती रहेको छ भने, अर्को किम्वदन्तीअनुसार भरियाहरुले बालुवा बिसाएर बसेको वेला शंखधर साख्वा (साखः) ले भरियाहरुसँग बालुवा किनेर लगे । त्यसपछि उनी झनै धनी बने । भनाइअनुसार राजज्योतिषी सिद्घिवन्तले दिएको समयअघि नै शंखरधरले लगेको बालुवा सुन भएको र, दरबारका मान्छेहरुले लगेको बालुवा सुन नभएर बालुवा नै भएकोले राजज्योतिषी सिद्घिवन्तले दवरबार नै छाड्नु परेको भन्ने भनाइ रहेका छ । जे होस्, यसरी हेर्दा शंखधर साख्वा(साखःले लगेको उक्त बालुवा सुनमा परिणत भएपछि एक्कासी र रातारात प्राप्त भएको सो सुन(धन काठमाण्डौभरिका गरिबहरुलाई बाँडेर ऋणमुक्त गराएका थिए शंखधर साख्वा(साखःले । सोही अवसरको खुसीययालीमा नै ‘नेपाल संवत्’ चलाउन सुरु गरेको भन्ने मान्यता र विश्वास रहेको छ ।
जे होस् मान्छेहरु आफू चर्चित हुन जे पनि गर्ने गर्छन् । तर ‘शंखधर साख्वा( शंखधर साख्वा(साखःले आफू चर्चित हुन र आफ्नो नाममा नेपाल संवत्को सट्टा ‘शंखधर साख्वा’ राख्न किन मरिहत्ते गरेनन् ? किन उनले देशकै नाममा संवत् चलाउन लगाए ? यसले अवश्य नैं उनको दुरदर्शिता, निस्वार्थीपना र महानताको झलक दिन्छ । उनको यो पक्षको हामीले खुलेरै प्रशंससा गर्नुपर्ने हुन्छ । हुन त यसरी नेपालबाटै नेपालीले नै चलाएको विभिन्न मौलिक संवत्हरु ब्रगेल्ती हुँदाहुदै पनि हामीले भारतको वैशालीका राजा तत्कालीन राजा विक्रमादित्यको नाममा चलेको विक्रम संवत्लाई नै हाम्रो राष्ट्रको संवत्को रुपमा चलाई रहेका छौं, मानी रहेका छौं । तर, पनि नेपालका केही राष्ट्रवादी भनाएादा लेखहरुले विक्रम संवत् भारतको नभएर नेपालकै हो ! भन्ने आशयको लेख लेखी रहेका छन् । विक्रम संवत् नेपालको मौलिक संवत ्होइन भनी लेख्ने, भन्ने र बोल्नेहरुलाई विदेशी डलर खाने, क्रिस्तानीहरुको एजेन्ट, साम्प्रदायीक, अराष्ट्रवादी, समाजमा विद्धेष फैलाउने तत्व ! आदिको बिल्ला भिराउने गरेका छन् । तर, विक्रम संवतको बहस तीतो वा वा मीठो जे भए तापनि यथार्थ त यर्थाथ नै हो । तापनि, आजको पूर्ण लोकतन्त्र मात्रै होइन, गणतन्त्र नै आईसकेको भनिएको हाम्रो देश नेपालमा राज्यले नै अझै पनि ‘नेपाल संवत्’लाई देशव्यापी रुपमा प्रचलनमा ल्याउन पहल गरेको छैन ! हुन त विसं २०६५ साल कात्तिकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘नेपाल संवत्’ (११२९ को सुरुवातको अवसरमा) नेपाल सरकारले राज्यस्तरबाटै मान्यता दिएर प्रधानमन्त्रीको कार्यलयबाट हुने हरेक पत्रचार र चिटठीपत्रहरुमा भने, ‘नेपाल संवत्’ पििन उल्लेख गरिने निर्णय भएको थियो । र, हालसम्म सो पालना भएको पनि छ । तर,…
त्यसो त राज्यले सो निर्णय गर्नु अघिदेखि नै नेपालका केही दैनिकबाहेक अधिकांश दैनिक र केही शाप्ताहिक पत्रपत्रिकाहरुले आआफ्नो पत्रिकामा विक्रम संवत्, ईस्वी संवत्संगै नेपाल संवत्लाई पनि उल्लेख गर्ने गरेका थिए÷छन् । तर अझै पनि मेरो व्यक्तिगत जोड के मा छ भने, नेपालकै मौलिक संवत ‘नेपाल संवत्’लाई नेपाल सरकारले जनस्तरमा किन व्यापक रुपमा प्रयोगमा नल्याउने ? किन विक्रम संवत्लाई विस्थापित गरेर ‘नेपाल संवत’लाई राष्ट्रको संवत् नमान्ने ? भन्नेमा रहेको छ । नेपाल सरकारको उक्त घोषणलाई कार्यरुप दिन नै कम्तिमा प्रधानमन्त्रीको कार्यलयले आफूले आदानप्रदान गर्ने पत्राचार र चिठीपत्रहरुमा ‘नेपाल संवत्’ पनि उल्लेख गर्ने गरेको हा भनी मान्ने ? नेपालमा कुनै पनि मौलिक नेपाली संवत्हरु नभएको भए प्रश्न उठाउने कुरै थिएन । फेरि पनि भन्नु पर्दा नेपालमै प्रचलनमा रहेका मौलिक संवत्लाई स्थापित गरेर राज्यस्तरमा लागू गर्ने हो भने केवल नेवार समुदाय मात्रै होइन हामी सम्पूर्ण नेपालीहरुमा गौरवानुभूति गराउने थियो । किनभने नेपाल संवत् केवल नेवार समुदायको मात्रै संवत् हो भन्ने केही रुको बुझाई रहेको पाईन्छ ।
त्यसैले विदेशी संवत् (भारतको वैशालीका राजा वक्रम आदित्य) विक्रम संवत्लाई विस्थापित गरेर राज्यले आफ्नै देशको मौलिक संवत् ‘नेपाल संवत्’ पूर्णरुपमा र, जनस्तरमै किन लागू नगर्ने ? किनभने, हरेक मानिसको जन्म, मृत्यु, विवाह र अन्य संस्कार र संस्कृतिगत कुराहरु वा भनौं जीवनचक्र चलाउनका लागि आखिरमा संवत् नभई त हुँदैन । हुन पनि मान्छेहरुले आफू जन्मेको मिति, आफ्नो विवाह भएको मिति, आफ्नो जीवनमा घटेका महत्वपूर्ण तिथिमिति, आफन्त मरेको मिति, आदि ख्याल गर्नु वा टिपोट गरेर राख्नु पर्यो र ? यसो भनीरहँदा पंक्तिकारले के बिर्सेको छैन भने, ‘ग्लोबलाइजेसन’ र ‘विश्व एक गाऊँ’को नारा नाममा र सजिलोका लागि भनेर नेपालमा पनि ईस्वी संवत् मात्रै लागू गर्नुपर्ने आवाज पनि कताकती उठाउने गरेको थाहा छ । तर, हामीले जे कुरोमा पनि आधुनिकता, सजिलो वा देशी विदेशीको दवाव आदि थेग्न नसकेर वा अन्य कुनै बहानामा भए पनि किन आफ्नोपन र मौलिकता बिर्सने ? भन्ने मूल प्रश्न हो ।
अझ पूरानो र नेपालको मौलिक संवत्हरुलाई नै किन नचलाउने त ? भन्ने हो भने कलिगत संवत्, किरात संवत् (जुन संवत्लाई कुलुङ जातिले यले दोङ भन्छन् भने कुलुङ जातिको जीवनचक्र अनुसार आगामी पुस १५ गते यले दोङ ५०८२ सुरु हुन्छ । त्यस्तै यले दोङको पहिलो महिनालाई कुलुङहरु चाक्चाकूर भन्छन् ।) नचलाउने ? उता मिथिला संवत् पनि छ । त्यस्तै नेपालमा प्रचलनमा रहेका वा भएका अरु संवत्हरु पनि थुपै्र छन् भन्ने त माथि नंै उल्लेख भएको छ । नेपाली जातजाति र समुदायका बीच प्रचलनमा रहेका संवत्हरु खोज्दै जाने हो भने, अरु पनि भेटिएलान् । त्यसबारेमा किन खोज(अनुसन्धान नगर्ने ? यो सबै काम मूल रुपमा राज्यको दायित्व अन्तर्गत पर्ने हो ।
ninamkirat123@gmail.com
