Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकैदिनको १० जनाको ज्यान गयो

हाम्रो कोशी आवाज
कार्तिक २१ २०७८, आइतबार
एकैदिनको १० जनाको ज्यान गयो

विराटनगरः शनिबार बेलुका मोरङ, झापा र उदयपुरमा भएको छुट्टाछुट्टै भएको सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् ।
शनिबार बेलुका ६ बजे मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीस्थितमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को४०प १७२७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा१०च ४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल सवार तीनजनामध्ये दुईजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० वर्षीय कमल कार्की र पछाडि सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलकबहादुर सुवेदीको घटनास्थलमा मृत्यु भएको छ भने पछाडि सवार लेटाङ नगरपालिका २ कि ४५ वर्षीया सीता कार्कीको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको हो ।
गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ वर्षीय पुष्पबहादुर मगर इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
यस्तै, शनिबार बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा–पिपल चौक भित्री सडक खण्डमा साइकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० वर्षीय शत्रुघन साहको साइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भई उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।
यस्तै, शनिबार बेलुका ६ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोकस्थितमा पूर्वतर्फ जाँदै गरेको स१ह १६२० नम्बरको अटो र पिपलचोकबाट पूर्वतर्फ जाँदै गरेको को१९प ९६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार त्रियुगा नगरपालिका ११ का ८५ वर्षीय कुलप्रसाद भण्डारी रहेका छन् उनको न्यूरो विराटनगरमा उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाइकल चालक सप्तरी कञ्चनपुर नगरपालिका १२ का ५२ वर्षीय कमलप्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ वर्षीय नरबहादुर कार्की सामान्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।
यस्तै, बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसी पल्सर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना स्कुटीमा सवार स्कुटी चालक मेची नगरपालिका १० का ४२ वर्षीय डिल्ली कार्की, पछाडि सवार उनका छोरा १६ वर्षीय मनिष कार्की र अर्को मोटरसाइकल पछाडि सवार झापा हल्दीबारी गाउँपालिका २ का २१ वर्षीय पिजेश लामा घाइते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो ।
घाइतेमध्ये स्कुटी पछाडि सवार रहेका उनको राति ९ बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा सलग्न रहेको अर्को मोटरसाईकल चालक झापा हल्दीबारी गाउँपालिका २ का २५ वर्षीय उमेश लामा मोटरसाइकलसहित फरार रहेकाले खोज तलास भइरहेको छ ।
यस्तै, राति साढे ११ बजे झापा मेचीनगर नगरपालिका १३ तेलिबारीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको प्रदेश–१–०४–०१४प ३३४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका ४ जना घाइते भएका थिए ।
घाइते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका ८ का २१ वर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ वर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ वर्षीय निकेश शिवकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका ८ का २१ वर्षीय प्रविण मेचे रहेका छन् । घाइतेमध्ये अभिषेक श्रेष्ठको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति साढे १२ बजे मृत्यु भएको छ भने बाँकी ३ जना घाइतेहरुको सोही अस्पतालमै उपचार भइरहेको छ ।
यता सुनसरीको कोशी गाउँपालिका १ राजापोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामधुनी नगरपालिका ८ का ५९ वर्षीय सत्य नारायण साह रहेका छन् । शनिबार बिहान ८ बजे आफैले चलाएको साइकलबाट लडी घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो ।
यस्तै, मोरङको बेलबारी नगरपालिका ९ का ७२ वर्षीय हर्कबहादुर राईको लडेर मृत्यु भएको छ । दिउँसो ३ बजे सोही स्थान डाँगाबजार चौकमा रहेको काठको फलैचाबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । उनलाई प्रेसरको बिरामी भएको आफन्तबाट बुझिएको छ ।
संखुवासभाको सभापोखरी गाउँपालिका ६ पात्ले दहस्थित सभाखोलाले बगाएका दुई बालकमध्ये एकजना मृत अवस्थामा फेला परेको छन् ।
यस्तै, अर्का बालक अझै बेपत्ता भएका छन् । मृत्यु हुनेमा सोही स्थानका भक्तबहादुर विकका ९ वर्षीय छोरा विपन विक रहेका छन् भने उनकै घरमा पाहुना आएका सभापोखरी गाउँपालिका १ का रहीबहादुर विकको ८ वर्षीय छोरा रैतिन विक बेपत्ता भएका छन् । दिउँसो १ बजे उनीहरु नुहाउने क्रममा खोलाले बगाएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बाह्रबिसेबाट प्रहरी टोली खटि गई खोजतलास बिपनलाई बगाएको स्थानबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला पारिएको छ भने अर्का बालक रैतिनको खोजतलास भइरहेको छ ।

प्रकाशित मिति: कार्तिक २१ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend