Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल खोलामा खस्दा सरदारको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २१ २०७८, आइतबार
मोटरसाइकल खोलामा खस्दा सरदारको मृत्यु

विराटनगरः मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाकोपुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कटहरी गाउँपालिका ५ का २१ वर्षीय आशिष सरदार रहेका छन् ।
आइतबार बिहान ७ बजे पूर्वतर्फ जाँदै गरेको को१२प १६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक २१ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend