Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान हिँडेको एम्बुलेन्स दुर्घटनामा किशोरीको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २१ २०७८, आइतबार
धरान हिँडेको एम्बुलेन्स दुर्घटनामा किशोरीको मृत्यु

ताप्लेजुङः ताप्लेजुङमा एम्बुलेन्स दुर्घटनामा किशोरीको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ६ जना घाइते समेत बनेका छन् । दुर्घटनामा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति मैवाखोला गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको थियो । बिरामी लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ जाँदै गरेको एम्बुलेन्स ताप्लेजुङको मिल्केडाँडामा दुर्घटनामा परेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक २१ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend