Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बसको ठक्करले दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७८, सोमबार
सुनसरीमा बसको ठक्करले दुईजनाको मृत्यु

धरानः सुनसरीमा बसको ठक्करले दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोशी गाउँपालिका-८ का वर्ष २० को अल्ताप मियाँ र वर्ष २२ को गियासुदिन मियाँ छन् । कोशी गाउँपालिका-८ पानीट्याङकी मोडस्थित पूर्व–पश्चिम लोकमार्गमा सो दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–००१ख ३५३० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१प७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक अल्ताप र गियासुदिन गम्भीर घाइते बनेका थिए ।
उनीहरुलाई न्यूरो अस्पताल विराटनगर पठाइएको र उपचारको क्रममा दुवैजनाको मृत्यु भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । स्थानीयबासीले आक्रोश पोख्दै बस तोडफोड गर्नुका साथै सडक अवरुद्ध समेत गरेका थिए । उनीहरुले भण्टाबारीमा कार्यरत् प्रहरी जवान सुरैत यादवलाई समेत हातपात गरेका थिए ।
बसका चालक झापा कन्काई नपा-२ बस्ने वर्ष ५५ को पुष्प अधिकारी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend