Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा अटोले मोटरसाइकललाई ठक्कर दियो

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७८, सोमबार
सुनसरीमा अटोले मोटरसाइकललाई ठक्कर दियो

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाइकलले ठक्कर दिँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ ।
सोमबार पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को२ह ६१६३ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेको को४प ३४५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
अनियन्त्रीत भएको मोटरसाइकलले सडकनजिकै बसिरहेकी जहदा गाउँपालिका–७ की १६ वर्षीया वर्षा साह र उनीसँगै रहेकी २ वर्षीया बालिका दीक्षा साहलाई ठक्कर दिँदा दुवैजना घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको छ ।
घाइतेलाई थप उपचारको लागि विराटनगर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend