Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभाका गुरुङ जोगवनीमा लागूऔषधसहित पक्राउ

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७८, सोमबार
संखुवासभाका गुरुङ जोगवनीमा लागूऔषधसहित पक्राउ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१६ बाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिउँसो ३ बजेको समयमा भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका मादी गाउँपालिका–९ संखुवासभाका ३९ बर्षीय राजु गुरुङलाई चेकजाँच गर्दा निजको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, डाइजाल्याब ४० एम्पुल र एभिल ४१ एम्पुल बरामद भएको थियो । लागूऔषधसहित पक्राउ परेका गुरुङको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक २२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend