Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका महिला नेतृद्वारा आगलागीपीडितलाई सहयोग

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७८, सोमबार
धरानका महिला नेतृद्वारा आगलागीपीडितलाई सहयोग

धरानः नेपाली कांग्रेस धरानकी महिला नेतृहरुले आगलागीपीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
उनीहरुले सोमबार धरान–१७ स्थित एक घरमा ग्याँस पड्केर आगलागीपीडित परिवारलाई आर्थिक सहयोग गरेको हो । महिला नेतृहरुले नगद संकलन गरेर आगलागीबाट विस्थापित भएका परिवारलाई ६ हजार १ सय रुपैयाँ हस्तान्तरण गरिएको नेपाली कांग्रेस धरानकी नेतृ एवं कोषाध्यक्ष पञ्चकला राईले जानकारी दिइन् ।
गत शुक्रबार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको थियो । सो घरमा भाडामा सिर्जना विक र महेन्द्र विकको दुई परिवार बस्दै आएका थिए । आगलागीबाट विस्थापित भएका दुई परिवारलाई महिला नेतृहरुले आर्थिक सहयोग गरेको हो ।

प्रकाशित मिति: कार्तिक २२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend