Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसपटक नदी किनारमै पूजास्थल तयार

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७८, मंगलबार
यसपटक नदी किनारमै पूजास्थल तयार

बिर्तामोडः कोभिड–१९ को महामारीका कारण गत वर्ष घरआँगनमै कृत्रिम जलकुण्ड बनाएर छठपर्व मनाएका तराईवासी यसपटक भने नदी र तलाउमै गएर पूजापाठ गर्ने तयारीमा छन् । स्थानीय तहमै छठपूजा समिति बनाएर भव्यरूपमा मनाउने तयारी गरिएको हो ।
समितिले छठ पूजालाई व्यवस्थित गर्न सफा पारिएको नदी किनारमा स्वाथ्य मापदण्ड अपनाएर पूजास्थल तयार गर्न लागेको छ । झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, अन्दुवा, रतुवालगायत नदीमा पण्डाल टाँग्ने स्थान बनाएर यसपालि बृहत् तथा सामूहिक छठ पूजाको तयारी गरिएको हो ।
सोमबार नै भद्रपुरको मेची नदी किनारमा नेपाल र भारत दुवैतर्फ पूजास्थल बनाइएको छ भने नदीमा वारपार गर्नका लागि बासको पुलसमेत बनाइएको छ । यसपटक हजारौँको सङ्ख्यामा छठका बर्तालुहरूले सामूहिकरूपमा नदीमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छैठीदेवीको पूजा गर्दैछन् ।
कोभिड–१९ को सङ्क्रमण अझै रहिरहेको हुँदा दशैं र तिहारमा जस्तै छठपर्वमा समेत जनसमुदायले संयमित भएर मनाउने अपेक्षा गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताए ।

प्रकाशित मिति: कार्तिक २३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend