Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कैदीबन्दीबीच झडप, ६ जना घाइते

हाम्रो कोशी आवाज
कार्तिक २३ २०७८, मंगलबार
कैदीबन्दीबीच झडप, ६ जना घाइते

विराटनगरः मोरङ जिल्ला कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारका चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि झडप भएको हो ।
दुई पक्षबीच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । झडपमा परेर चौकीदार किरण गुरुङसहित अरु कैदीबन्दी शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको छ ।
गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको भन्दै यहाँका कैदीबन्दीहरू बिहान आन्दोलित भएका थिए । चौकीदार गुरुङको शोषण र यातना सहन नसकेपछि गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका हुन् ।
गुरुङ समूहको यातना सहन नसकेपछि कैदीबन्दीहरू विवादमा उत्रिएपछि विवाद भएको थियो । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले विवाद बढ्दै गएपछि चौकीदारको समूहविरुद्ध अर्को समूह जाइलागेको बताए । निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको बताए ।
आन्दोलित बनेका कैदीबन्दीले गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेरसमेत राखिदिएका थिए ।
झडपका कारण उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन कारागार आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार एउटा कोठामा थुनेर राखिएका चौकीदारसहितका कैदीबन्दीलाई बाहिर निकालिएपछि कारागारभित्रको माहोल केही शान्त भएको छ ।

प्रकाशित मिति: कार्तिक २३ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend