धनकुटाः धनकुटामा बसको ठक्करले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको बेलबारी-८ का ४० वर्षीय हरिप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । संखुवासभाको चैनपुर–२ चित्लाङबाट मोरङको बेलबारीतर्फ आउँदै गरेका उनी धनकुटा-६ फोक्ल्याण्ड टापुमा दुर्घटनामा परेका थिए ।
भट्टराई प्र १–०२–०४१ प ९४०९ नम्बरको मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलमा को१ख ७२४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएर उपचार थालिएको उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला कार्यालय धनकुटाका प्रहरी प्रमुख नकुल पोखरेलले जानकारी दिए ।
दुर्घटनामा परी भट्टराईका दाजु मोटरसाइकल चालक वर्ष ४२ का तुलसी भट्टराई पनि घाइते बनेका छन् । उनी पनि गम्भीर घाइते बनेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको यात्रुबाहक बस र चालक भोजपुरको बोखिम-८ का ३४ वर्षीय नवराज खत्री प्रहरी नियन्त्रणमा रहेका छन् । ती दाजुभाइ चित्लाङमा बढीआमा स्वर्गारोहण भएको ठाउँमा पुगेर फर्कदै थिए । घटना मङ्गलबार दिउँसोको हो ।