Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नुहाउन गएका दुई युवालाई खोलाले बगायो

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७८, बुधबार
नुहाउन गएका दुई युवालाई खोलाले बगायो

विराटनगरः मोरङको रंगेली नगरपालिका–७ बक्राहा खोलामा नुहाउन गएका दुईजना युवकलाई बगाएको छ ।
बगाएकामध्ये एकजनाको मृत्यु भएको छ भने अर्का युवक बेपत्ता भएका छन् । बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटु कुमार साह र १८ वर्षीय राजा साह बक्राहा खोलाको पानीमा नुहाउने क्रममा डुबी हराई बेपत्ता भएका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बिटुकुमार साह फेला पारी उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो भने राजा साहको खोजतलास भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: कार्तिक २४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend