विराटनगरः मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारे धिमाल टोलस्थितबाट एकजनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय सविन लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगर १ ग्राम ४३० मिलीग्राम र नगद रु ५० हजार ४ सयसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।