Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पेट्रोलको भाउ १३६ रुपैयाँ पुग्यो, खाना पकाउने ग्यास १५ सय ७५

हाम्रो कोशी आवाज
कार्तिक २४ २०७८, बुधबार
पेट्रोलको भाउ १३६ रुपैयाँ पुग्यो, खाना पकाउने ग्यास १५ सय ७५

धरानः नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको पनि मूल्य पनि प्रति सिलिन्डर ७५ रुपैयाँले बढाएको निगमले जनाएको छ ।

अब पेट्रोल लिटरको १३६ रुपैयाँ,डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ र ग्यासको मूल्य एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको  निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो । समायोजना गरिएको मूल्य बुधबार मध्यरातको १२ बजेदेखि लागू हुने निगमले बताएको  छ ।

प्रकाशित मिति: कार्तिक २४ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend