Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ का आगलागीपीडितलाई १३ हजार ५ सय सहयोग

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७८, बिहिबार
धरान-१७ का आगलागीपीडितलाई १३ हजार ५ सय सहयोग

धरानः हराइजन क्लबले धरान–१७ का आगलागीपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
बिहीबार आगलागीबाट पीडित भएका परिवारलाई १३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । क्लबका संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुबाट आर्थिक सङ्कलन गरेर आगलागीबाट विस्थापित भएका परिवारलाई रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष वसन्त राईले जानकारी दिए ।
गत शुक्रबार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको थियो । घरमा सिर्जना विक र महेन्द्र विकको दुई परिवार भाडामा बस्दै आएका थिए । आगलागीले दुई परिवार विस्थापित भएका थिए ।

प्रकाशित मिति: कार्तिक २५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend