धनकुटाः मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ ।
एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सहआयोजना महोत्सव हुन लागेको समूहका अध्यक्ष खेमराज थापाले जानकारी दिए ।
महोत्सवका ५० वटा स्टलहरु रहने उनले जानकारी दिए । दुईदिनसम्म चल्ने महोत्सवको पहिलो दिन किसान तथा व्यापारीका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् । दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको प्रवद्र्धनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिने उनले जानकारी दिए ।
धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले यो वर्ष एभोकाडो प्रवद्र्धन कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरिएको समेत बताए । वि.सं. २०७५ मा कृषि अभियान्ता जीवनकुरमार राईको विशेष पहलमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।
