धरानः धरान–१७ का आगलागीपीडितलाई ४५ हजार बराबरको सहयोग गरिएको छ ।
होप धरानको समन्वयमा खाद्यान्न, लत्ताकपडालगायतका सामग्री प्रदान गरिएको अध्यक्ष निश्चल पलिखेले जानकारी दिए ।
होप धरानकी वरिष्ठकी सल्लाहकार तथा सामाजिक अभियन्ता शिव बान्तावा रराईले १५ हजार बराबरको १४ थान टिनको जस्तापाता साथै ३५ सय बराबरको एक बोरा चामलक सहयोग गरेकी छिन् ।
यस्तै धरानका हङकङ ओभरसिज एडभाइजर सुनिल लिम्बू तथा ममता रसाइली लिम्बूले आफ्नो बुबाको पुण्यतिथिमा २० हजार बराबरको तीन थान डसना, तीनथान सिरक, ३ थान सिरानी, तीनथान तन्ना, तीनथान सिरानीको खोल, तीनथान ओछ्याउने म्याट साथै दुई कार्टुन चाउचास, एक कार्टुन बिस्कुट, १० कजेजी आँटा, ५ केजी सोयाबिन तेल प्रदान गरेका थिए । यस्तै, धरान-१८ स्थित बिर्तामोड डायग्नोष्टिक एण्ड पोलिक्लिनिक प्रालिका डाइरेक्टर नरेन्द्र देवले ४५ सय, धरान उपमहानगरपालिका वडा नं. १५ का दलित महिला सदस्य निरमाया लकान्द्रीले एक हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।
यसअघि नै अध्यक्ष पलिखेले ५ हजार नगद, सहसचिव अनुप खतिवडाले एक बोरा चामल साथै केही खाद्यान्न सहयोग गरेका थिए । गत शुक्रबार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको थियो । धरान-१७ बगान टोलमा भाडामा बस्दै आएका महेन्द्र दियाली तथा ज्ञानु विश्वकर्मा साथै घरमा सिर्जना विक र महेन्द्र विकको परिवार भाडामा बस्दै आएका थिए । आगलागीले दुई परिवार विस्थापित भएका थिए ।

